सरकारले लोकतन्त्रको बाटो बिराउँदैन, चुनावमा गएर ताजा जनमत लिएर आउनुपर्छ : प्रधानमन्त्री

admin

काठमाडौं, ७ फागुन : प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकारले संविधान नमिच्ने बताएका छन् । उनले आफू नेतृत्वको सरकारले लोकतन्त्रको बाटो पनि नबिराउने प्रतिवद्धता जनाएका छन् । प्रजातन्त्र दिवसको अवसरमा काठमाडौंको टुँडिखेलमा भएको कार्यक्रममा उनले नागरिकको अभिमतभन्दा विपरीत आफू नजानेसमेत बताए ।

यसैबीच प्रधानमन्त्री ओलीले राष्ट्रिय एकताकासाथ अघि बढ्नुपर्ने अहिलेको आवश्यकता रहेको भन्दै अर्को वर्षसम्म नेपाल अल्पविकसित देशबाट विकासशील राष्ट्रमा प्रवेश गर्नेसमेत बताएका छन् । देशलाई अस्थिरताबाट जोगाउने र जनअनुमोदित प्रक्रियामा जाने बाटो ताजा जनादेश भएको भन्दै उनले तोकिएकै समयमा चुनाव हुनुपर्नेमा समेत जोड दिए ।

कुनै हिसाबले अलमल गर्ने र लोकतन्त्रलाई अलमलमा पार्ने क्रियाकलाप कसैले गर्न नहुने भन्दै उनले सानातिना मतभेदलाई चुनावमा गएर ताजा जनमत लिएर आउनुपर्ने बताए । शुक्रबार राष्ट्रिय प्रजातन्त्र दिवस विभिन्न कार्यक्रम गरेर देशभर मनाइँदै छ । २००७ सालको फागुन ७ गते एकतन्त्रीय जहानियाँ राणा शासन अन्त्य भएर प्रजातन्त्र स्थापना भएको सम्झनामा यो दिवस मनाउन थालिएको हो ।

प्रतिक्रिया