काठमाडौं उपत्यकाको मौसम सफा, उच्च पहाडी र हिमाली भूभागमा हिमपात

admin

काठमाडौं, ७ फागुन : शुक्रबार काठमाडौं बाहेक पहाडका एक/दुई ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको छ । काठमाडौं र आसपास क्षेत्रको मौसम भने दिनभर सफा रहने र बेलुकीतिर आंशिक बद्लीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै उच्च पहाडी र हिमाली क्षेत्रका एकरदुई ठाउँमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए । अहिले प्रदेश १ र प्रदेश २ लगायत देशका पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बद्ली भएको छ । अरु क्षेत्रको मौसम भने सफा रहेको मौसमविद्ले बताएका छन् ।

प्रतिक्रिया