चीनले लद्दाखमा भएको झ’डपमा पाँच सैनिक मारिएको स्वीकार गर्‍यो

admin

एजेन्सी, ७ फागुन : चीनले लद्दाखको ग’लवानमा क्षेत्रमा गएको वर्ष भएको झ’डपमा आफ्ना पाँच जना सैनिकको ज्यान गएको स्वीकार गरेको छ । चीनले पहिलोपटक गएको वर्षको जुनमा ग’लवानमा भएको चिनियाँ र भारतीय सैनिकबीचको झ’डपमा आफ्ना पाँच जना सैनिकको ज्यान गएको स्वीकार गरेको बीबीसीको खबरमा उल्लेख छ ।

झ’डपमा भारतका २० सैनिक मारिएका थिए । एक जनाको उद्धारको क्रममा खोलामा बगेर ज्यान गएको थियो । चीनले ग’लवानमा भएको झ’डपमा आफ्ना निकै कम सैनिक मारिएको बताएको छ ।

नाँर्दन कमाण्डका प्रमुख लेफ्टिनेन्ट जनरल वाइके जोशीकाअनुसार चीनले ५० भन्दा बढी आफ्ना घाइते सैनिकलाई विमानबाट उद्धार गरेको हो । यस घटनामा अझ धेरै सैनिक मारिएको आशङ्का गरिएको छ तर उद्धार गरिएकाको अवस्था के छ चीनले बताएको छैन् ।

प्रतिक्रिया