प्रचण्ड-नेपाल समूहको केन्द्रीय कमिटी बैठक बस्दै, आजै जालान् त आयोग ?

admin

काठमाडौं, ७ फागुन : नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल समूहले केन्द्रीय कमिटी बैठक बोलाएको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा केन्द्रीय कमिटीको बैठक बस्ने नेता लीलामणि पोखरेलले जानकारी दिएका छन् । बैठकमा पार्टीको आधिकारिकता दाबी, निर्वाचन आयोगमा आफूहरुको उपस्थिति सर्वोच्च अदालतले गर्न सक्ने फैसलालगायतका बारेमा छलफल हुने नेता पोखरेलको भनाइ छ ।

नेकपाको प्रचण्ड-नेपाल समूहले सबै सदस्यलाई नागरिकता र पार्टीको परिचयपत्र लिएर पेरिसडाँडामा उपस्थित हुन भनेको छ । बहुमत सदस्यको नागरिकता र पार्टीको परिचयपत्र बोकेर दुई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालसहितका नेताहरु शुक्रबार नै आयोग जाने भनिए पनि शुक्रबार नै आयोग जाने सम्भावना भने कम रहेको नेकपाको प्रचण्ड-नेपाल समूहका नेताहरुले बताएका छन् ।

प्रतिनिधिसभा विघटनपछि चौथो चरणको आन्दोलनमा रहेको प्रचण्ड-नेपाल समूहले निर्वाचन आयोगमा वैधानिकताका लागि निवेदन दिएको छ । तर आयोगले यसबारे कुनै चासो नदेखाएको भन्दै प्रचण्ड-नेपाल समूह असन्तुष्ट छ । आयोगले मध्यावधि चुनावको तयारीलाई भने अघि बढाएको छ । गएको पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा भङ्ग गरेपछि नेकपाको प्रचण्ड-नेपाल समूह असन्तुष्ट छ ।

प्रतिक्रिया