थप ९७ जनामा संक्रमण पुष्टि, ११४ जना डिस्चार्ज

admin

काठमाडौं, ७ फागुन : शुक्रबार थप ९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । दुई हजार नौ सय ३१ जनाको पीसीआर परीक्षण भएकोमा ९७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या दुई लाख ७३ हजार दुई ६३ पुगेको छ । यस्तै बितेको २४ घण्टामा एक सय १४ जना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमण भएर निको हुनेको संख्या दुई लाख ६९ हजार ६ सय १९ पुगेको मन्त्रालयले जनाएको छ ।

अहिले नेपालमा एक हजार पाँच सय ८३ जना सक्रिय संक्रमित छन् । बितेको २४ घण्टामा तीन जना संक्रमितको ज्यान गएको छ । योसँगै ज्यान गुमाउनेको संख्या दुई हजार ६१ पुगेको छ ।

प्रतिक्रिया