भान्जाकाे अ’पहरण गरेर १ कराेड फिराैती माग्ने मामा प’क्राउ

admin

धनुषा : भान्जालाई अ’पहर’ण गरी फिरौती माग्ने मामालाई प्र’हरीले प’क्राउ गरी सार्वजनिक गरेको छ । जिल्ला प्र’हरी कार्यालय धनुषाले आइतवार पत्रकार सम्मेलन गरी भान्जाको अ’पहरण गरेका महोत्तरी जिल्ला पिपरा गाउँपालिका ७ का लक्ष्मेश्वर दासलाई सार्वजनिक गरेको हो ।

जिल्ला प्र’हरी कार्यालय धनुषाका प्रमुख तथा प्र’हरी उपरीक्षक (एसपी) प्रकाश रानाभाटले अनुसन्धानका क्रममा आर्थिक प्रलोभनमा परेर अप’हरण गरेको पाइएको बताउनुभयो ।

धनुषाको नगइराइन नगरपालिका ६ काे लग्माबाट सात वर्षीय चन्दन दासलाई शनिबार दिउँसो १ बजे मोटरसाइकलमा बसाएर लक्ष्मेश्वर दासले अप’हरण गरेका थिए । प्र’हरीले बालकलाई शनिवार साँझ आठ बजे जनकपुर उपमहानगरपालिका ७ कटैयाचौरीकाे सरोज ठाकुरको घरबाट उद्धार गरेको थियो ।

बालकलाई अ’पहरण गरेपछि बालकको आमालाई फोन गरी मामा दासले एक करोड रुपैयाँ फिरौती मागेका थिए । त्यसलगत्तै प्र’हरीले खोजी सुरु गरेको थियो । प्र’हरीका अनुसार अपहरित बालकलाई परिवारजनको जिम्मा लगाइ सकिएको छ भने घट’नामा संलग्न रहेको आश’ङ्कामा अन्य दुई जनालाई प’क्राउ गरी अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया