एक महिनाभित्र ड्युटी छाडेर नेपाल प्रहरीका ११ जना बेपत्ता

admin

काठमाडौं : नेपाल प्रहरीका विभिन्न तहमा कार्यरत ११ जना प्रहरीहरु बेपत्ता भएका छन्। उनीहरु कुनै प्रकोप या भवितव्यमा परेर बेपत्ता भएका भने होइनन्। नियतवश कार्यरत कार्यालयले दिएको जिम्मेवारी छाडेर सम्पर्कविहीन भएको प्र’हरी प्रधान कार्यालयले जनाएको छ।

एक महिनाकोबीचमा आफू कार्यरत कार्यालयमा ११ प्रहरी अनुपस्थित भएपछि प्र’हरी प्रधान कार्यलयले सूचना निकालेर खोजी थालेको हो।


प्र’हरी महानिरीक्षकको सचिवालयका अनुसार, ०७७ पुस २ देखि ०७७ माघ ६ गतेसम्म विभिन्न मितिमा, विभिन्न तहका ११ प्रहरी बिना जानकारी अनुपस्थित भएका हुन्। आफूखुसी कार्यालयमा गैरहाजिर उनीहरूलाई उपस्थितिका लागि पत्राचार तथा खोजतलास गर्दा नभेटिएको प्रहरी भनाइ छ।

प्रहरी नियमावली, २०७१ को नियम ११५ (२) बमोजिम सूचना टाँस गर्दासमेत सम्पर्कमा नआएपछि प्रधान कार्यालयले हाजिर हुन आउने सातदिने सूचना जारी गरेको हो। सम्पर्कमा नरहेका त्यस्ता प्रहरीले सन्तोषजनक स्पष्टीकरणसहित ७ दिनभित्र जवाफ पेस गर्न सक्नेछन्। अन्यथा सेवाबाट हटाउने चेतावनी प्रहरी प्रधान कार्यालयले दिएको छ।

बिना जानकारी अनुपस्थित हुने प्रहरीहरूमा प्रहरी हवल्दार शेरबहादुर भण्डारी, खेम कटुवाल र कुलबहादुर कुँवर छन्। त्यस्तै अनुपस्थित हुने प्रहरी जवान प्रकाश केसी, विकल थापा, रनवीर बगाले मगर, अर्जुन राजी, रामकृष्ण रोकाया, सुरेशसिंह धामी, डिलकुमार बराम र नवराज मोक्तान छन्।

प्रतिक्रिया