देशभरको तापक्रम बढ्यो

admin

काठमाडौं, १० फागुन : काठमाडौं उपत्यकासहित देशभर गर्मी बढ्न थालेको छ । तराईका विभिन्न ठाउँमा तापक्रम ३० डिग्री सेल्सियसको हाराहारीमा पुगेको छ । नेपालगञ्ज, भैरहवा, विराटनगर, जनकपुर, वीरगञ्जलगायतका ठाउँमा केही दिनदेखि तापक्रम ३० डिग्री सेल्सियसको हाराहारीमा पुगेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौंको तापक्रम पनि २३/२४ डिग्री सेल्सियससम्म पुग्ने गरेको छ । हिजो काठमाडौंको तापक्रम २३ डिग्री सेल्सियसम्म पुगेको थियो । सोमबार काठमाडौंको तापक्रम २४ डिग्री सेल्सियसम्म पुग्न सक्ने महाशाखाले जनाएको छ ।

महाशाखाकाअनुसार सोमबार र मंगलबार देशका कुनै पनि ठाउँमा पानी पर्ने सम्भावना छैन । बुधबार भने प्रदेश १ र गण्डकी प्रदेशको पहाडी क्षेत्रमा हल्का पानी पर्न सक्ने महाशाखाका मौसमविद् समिर श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया