एकै परिवारका तीन जना मृत भेटिए गोरखाको बारपाकमा

admin

गोरखा, १० फागुन : गोरखाको बारपाक गाउँपालिकामा एकै परिवारका तीन जना मृत भेटिएका छन । सोमबार बिहान ८४ वर्षीय टिलबहादुर गुरुङ, उनकी बुहारी २१ वर्षीया आइतीमाया गुरुङ र १३ वर्षीया नातिनी उषा गुरुङ मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख एसपी सुरेन्द्र गुरुङले बताएका छन् ।

बिहान अबेरसम्म घरको ढोका नखोलेपछि गएर हेर्दा उनीहरुलाई मृतअवस्थामा फेला पारेको एसपी गुरुङले बताए । विषालु च्याउ खाएका कारण उनीहरुको ज्यान गएको हुनसक्ने अनुमान लगाइएको छ । घटनाबारे अनुसन्धान गर्न बारपाक प्रहरी चौकीको टोली अहिले घटनास्थलमा रहेको तथा इलाका प्रहरी कार्यालय जौवारीको टोली पनि त्यसतर्फ जाँदै गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया