जे’लभित्रै ह’त्या गर्ने एमाले कार्यकर्तालाई ‘असल चरित्र’ देखाएको भन्दै राष्ट्रपतिबाट माफी

admin

काठमाडौं, १० फागुन : ‘मेरो श्रीमानको ह’त्यारालाई के को आधारमा छोडियो ?’ २०६८ सालमा जे’लभित्रै ह’त्या गरिएका चितवनका शिवप्रसाद पौडेलका ह’त्यारालाई प्रजातन्त्र दिवशका दिन राष्ट्रपतिबाट आम माफी दिइएपछि पौडेलकी श्रीमती बिनु रायमाझी पौडेल ४ दिनदेखि यीनै प्रश्नको उत्तरको खोजीमा छन् ।

‘मान्छे मारेर जे’ल परेका र फेरी जे’ल भित्रै अर्को व्यक्तिलाई कु’टी’कु’टी मार्ने ह’त्यारालाई ज्ञानी र असल भनेर उन्मुक्ति दिन मिल्छ राष्ट्रपति ज्यू ?’ बिनुले प्रश्न गरिन् । राज्यको संरक्षणमा राखीएका पौडेलका ह’त्यारा सावित भइ कारबाही भोगीरहेका फणिन्द्र श्रेष्ठ, सुनिल केसी र दिलबहादुर मोक्तानलाई फागुन ७ गते आम माफी दिइएपछि बिनुले न्यायकालागि फेरि लड्ने बताएकी छिन् ।

२७ वर्षको उमेरमा बिनुले श्रीमान गुमाइन् । चितवनको केराबारीमा भएको एक व्यक्ति ह’त्याको केशमा उनका श्रीमान् २०६८ भदौमा जे’ल परेका थिए । थुनछेक बहसकालागि का’रागार चलान गरिएका शिवको मंसिर २० गते राती २ बजे सुतिरहेका बेला च’क्कु, खन्ति, चापाकलको झाप, र’ड प्रयोग गरी निर्मम तरिकाले कु’ट’पि’ट गरियो । पौडेललाई पुष २ गते मृत घोषणा गरियो ।

२०६६ जेठमा शिवका भाइ गोबिन्द पौडेलको भरतपुर १० मा धारीलो ह’तियार प्रयोग गरी ह’त्या भएको थियो । सोही केशमा चितवनका श्रेष्ठ, केसी र मोक्तान जे’ल परेका थिए । उनीहरुले नै शिवको पनि जे’लभित्रै ह’त्या गरिदिए ।

पौडेल दाजु भाइको ह’त्यामा संलग्न श्रेष्ठ, केसी र मोक्तानलाई प्रजातन्त्र दिवशका दिन राष्ट्रपतिबाट आम माफी दिइयो । तीनै जना ओली पक्षीय नेकपा समर्थक हुन् । श्रोतका अनुसार यी तीन जना तत्कालिन समयमा एमालेका नेताहरुको ठेक्का पट्टामा बिचौलीयाको काम गर्ने सक्रिय युवा हुन् ।- नागरिक दैनिक

प्रतिक्रिया