आज ह्वात्तै घट्यो सुनचाँदीको मूल्य, कारोबार कतिमा ?

admin

काठमाडौं, १८ फागुन : सुनको मूल्य मंगलबार एकैदिन तोलामा एक हजार सात सय रुपैयाँले घटेको छ । सोमबार तोलाको ८८ हजार सात सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलबार एक हजार सात सय रुपैयाँले घटेर ८७ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै मंगलबारका लागि तेजाबी सुनको मूल्य ८६ हजार ५५० रुपैयाँ तोकिएको छ । सुनसँगै चाँदीको मूल्य पनि घटेको छ । सोमबार तोलाको एक हजार तीन सय ४० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार ४० रुपैयाँले घटेर एक हजार दुई सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया