आज नेप्से परिसूचक झण्डै ६० अङ्कले घट्यो

admin

काठमाडौं, १८ फागुन : नेप्से परिसूचक मंगलबार झण्डै ६० अङ्कले घटेको छ । परिसूचक ५९ दशमलव ७ अङ्कले घटेर २ हजार ४ सय ५५ दशमलव ४४ अङ्कमा झरेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ । मंगलबार व्यापार एवम् होटल र पर्यटन क्षेत्रबाहेक अरू समूहको सूचक घटेका छन् ।

सबैभन्दा धेरै जीवन बीमा समूहको सूचक ५१९ दशमलव ६७ अङ्कले घटेको छ । व्यापार समूहको सूचक भने २७८ दशमलव ४९ अङ्कले घटेको छ । मंगलबार ६ अर्ब ११ करोड ९६ लाख ३८ हजार रुपैयाँभन्दा धेरैका एक करोड ३१ लाखभन्दा धेरै कित्ता शेयर किनबेच भएका छन् । बजार घटेको दिन पनि मंगलबार साल्ट ट्रेडिङ कर्पोरेशनका शेयर लगानीकर्ताले १० प्रतिशतले बढेको छ ।

यस्तै चन्द्रागिरि हिल्स लिमिटेडका शेयर लगानीकर्ताले झण्डै १० प्रतिशत र हिमालयन पावर पार्टनर लिमिटेडका शेयर लगानीकर्ताले झण्डै नौ प्रतिशत कमाएका छन् । नेपाल हाइड्रो डेभलपर्स लिमिटेडका शेयर लगानीकर्ताले भने ७ दशमलव ३१ प्रतिशतले गुमाएका छन् ।

प्रतिक्रिया