भागरथी हत्या प्रकरण : आरोपितको चौथो पटक म्याद थप

राष्ट्रिय समाचार समिति

बैतडी : किशोरी बलात्कारपछि ह’त्या आरोपमा प्र’हरी हिरासतमा रहेका बैतडीको दोगडाकेदार गाउँपालिका- ७ चडेपानीका १६ वर्षीय दिनेश भट्टमाथि अनुसन्धानका जिल्ला अदालतबाट चौथो तथा अन्तिम पटक म्याद थप भएको छ ।

आज जिल्ला अदालत बैतडीबाट अनुसन्धान नसकिएको भन्दै प्र’हरीले थप पाँच दिनका लागि अनुमति मागेको हो । दिनेशमाथि चडेपानीकै १७ वर्षीया भागरथी भट्टलाई बला’त्कारपछि ह’त्या गरेको आरोप छ । उनले आरोप स्वीकारी सकेका छन् ।

गएकाे माघ २१ गते भागरथीको ब’ला’त्कारपछि ह’त्या गरेको आरोपमा प्र’हरीले दिनेशलाई फागुन ४ गते प’क्राउ गरेको थियो । प’क्राउ गरेसँगै दिनेशविरुद्ध ज’बर्जस्ती करणी र कर्तव्य ज्यान मुद्दामा अनुसन्धान जारी रहेको हो ।

अनुसन्धानका लागि प्र’हरीले यही फागुन ५ गते पहिलोपटक, फागुन ९ गते दोस्रो, फागुन १४ गते तेस्रो र बुधवार चौथो पटक म्याद थपेर अनुमति मागेको हो । नाबालकको हकमा प्र’हरीले हिरासतमा राखेको २१ दिनभित्र अनुसन्धान सक्नुपर्ने कानुनी व्यवस्था छ ।

त्यहीअनुसार अन्तिम तथा चौथो पटक म्याद थप भएको बैतडीका प्र’हरी प्रमुख, प्र’हरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

‘अनुसन्धान अन्तिम चरणमा पुगेको भए पनि सम्पन्न हुन सकेको छैन्’, उहाँले भन्नुभयो, ‘एक/दुई दिनभित्रै अनुसन्धान सकेर सरकारी वकिललाई प्रतिवेदन बुझाउँछौँ ।’ अहिले प्र’हरीले घ’टनामा भट्टको संलग्नतालाई पुष्टि गर्ने थप आधार खोज्दै अनुसन्धान गरिरहेको छ । प्र’हरीले बुझाएको प्रतिवेदनलाई सरकारी वकिलले अदालतलाई बुझाउने जनाइएको छ ।

दिनेशको डीएनए परीक्षणका लागि काठमाण्डौ प्रयोगशालामा पठाइएको र रिपोर्ट नआएकाले त्यसलाई पछि अनुसन्धानको प्रतिवेदनमा थप्दै जाने प्र’हरीले बताएको छ । यसअघि भागरथीको पनि भेजाइनल स्वाब विधिविज्ञान प्रयोगशाला पठाइएको भए पनि रिपोर्ट भने आएको छैन ।

जिल्ला अस्पताल बैतडीमा गरिएको शव परीक्षण रिपोर्टमा भने भागरथीको ब’लात्कारपछि ह’त्या भएको उल्लेख छ । गएकाे माघ २१ गते विद्यालयबाट फर्किएकी भागरथी साँझ घर नफर्केपछि खोजतलास गर्दै जाँदा माघ २२ गते स्थानीय लवलेक जङ्गलमा विभत्स र निर्वस्त्र अवस्थामा श’व फेला परेको थियो ।

प्रतिक्रिया