रिहा भए विप्लव समूहका नेता धर्मेन्द्र वास्तोला

admin

काठमाडौं, २१ फागुन : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका सचिवालय सदस्य धर्मेन्द्र बास्तोलालाई काभ्रे प्रहरीले रिहा गरेको छ । शुक्रबार बास्तोला काभ्रे प्रहरीको हिरासतबाट मुक्त भएका हुन् ।

काभ्रे प्रहरी प्रमुख भुपेन्द्र खत्रीले शुक्रबार बिहान बास्तोलालाई उनकी श्रीमती हिमा र ज्वाइँ गणेश भण्डारीको जिम्मा लगाएर रिहा गरिएको जानकारी दिए । यसअघि सर्वोच्च अदालतले बास्तोलालाई रिहा गर्न आदेश दिएपनि गेटबाटै पुनः पक्राउ गरी काभ्रे पुर्‍याइएको थियो ।

रिहाइ लगत्तै पत्रकारसँग कुरा गर्दै नेता बास्तोलाले राजनैतिक ढंगले समाधान गर्न खोजेकाले आफूहरु वार्ताप्रति सकारात्मक भएको बताए । वास्तोलालाई ललितपुर जिल्लाको दक्षिण इलाकाबाट करिब डेढ महिना अघि पक्राउ गरिएको थियो । सर्वोच्च अदालयले रिहा गर्ने आदेश दिने वित्तिकै उनी पुनः पक्राउ परेका थिए ।

प्रतिक्रिया