प्रधानमन्त्री ओलीसँगै विप्लव सार्वजनिक, हस्ताक्षर समारोह चल्दै (भिडियोसहित)

admin

काठमाडौं, २१ फागुन : नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लव प्रधानमन्त्री केपी शर्मा ओलीसँगै राष्ट्रिय सभागृहमा सार्वजनिक भएका छन् । उनी ओलीसँगै सभागृहमा प्रवेश गरेका हुन् । सरकार र नेकपा विप्लव समूहबीच भएको वार्ताका क्रममा भएको सहमतिपत्रमा हस्ताक्षर गर्ने समारोह सुरु भएको छ । बिहीबार भएको सहमतिअनुसार हस्ताक्षर समारोह राजधानीको राष्ट्रियसभा गृहमा सुरु भएको छ ।

सरकार र विप्लव नेतृत्वको नेकपाबीच बिहीबार ३ बुँदे सहमति भएको थियो । नवलपरासीबाट शुक्रबार बिहान सार्वजनिक भएका विप्लव सिधै स्थलमार्गबाट काठमाडौं आएका थिए । उनलाई प्रहरीको सुरक्षामा काठमाडौं ल्याइएको थियो । विप्लव पार्टीका नेताहरुसँग छलफल गरेपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रवेश गरेका थिए । त्यहाँ ओलीसँग छलफल गरी उनी राष्ट्रिय सभा गृहमा आएका थिए ।

उक्त सहमतिमा सरकार र सो समूहबीच राजनीतिक विषयहरुको समाधान संवादको माध्यमबाट गर्ने, विप्लव समूहका सम्पूर्ण राजनीतिक क्रियाकलापहरू शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने र सरकारका तर्फबाट लगाइएको विप्लव नेतृत्वको प्रतिबन्ध हटाउने, राजनीतिक बन्दीहरुको रिहाइ गर्ने र मुद्दा खारेज गर्ने विषयहरु समेटिएका छन् ।

शुक्रबारको समारोहलाई प्रधानमन्त्री केपी ओली र विद्रोही विप्लवलगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सो समारोहमा प्रधानमन्त्री  ओलीसहित विद्राही नेकपाका महासचिव विप्लव सहितका नेताहरुको सहभागिता रहेको छ ।

प्रतिक्रिया