थप १२० जनामा संक्रमण पुष्टि

admin

काठमाडौं, २१ फागुन : शुक्रबार एक सय २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । छ हजार एक सय ४३ जनाको पीसीआर परीक्षण गर्दा एक सय २० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

शुक्रबार थपिएकासँगै नेपालमा कुल संक्रमितको संख्या दुई लाख ७४ हजार ६ सय आठ जना पुगेको छ । यस्तै बितेको २४ घण्टामा ८३ जना उपचारपछि निको भएका छन् । योसँगै नेपालमा संक्रमणपछि निको हुनेको संख्या दुई लाख ७० हजार सात सय ६६ पुगेको मन्त्रालयले जनाएको छ ।

अहिले नेपालमा आठ सय ३२ जना सक्रिय संक्रमित छन् । यसैबीच बितेको २४ घण्टामा नेपालमा कोरोनाबाट कसैको पनि ज्यान गएको छैन । नेपालमा कोरोना भाइरसको संक्रमणका कारण अहिलेसम्म तीन हजार १० जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया