कसरी ब्यूँतिएला अर्कैको नाममा दर्ता भइसकेका नेकपा एमाले र माओवादी केन्द्र ?

admin

काठमाडौं, फागुन २४ : सर्वोच्च अदालतले सत्तारूढ नेकपाको एकीकरण खारेज गर्दै पूर्ववत् रूपमा एमाले र माओवादी केन्द्र ब्यूँताउने आदेश दिएसँगै दुवै दल अस्तित्वमा आएका छन् । तर, निर्वाचन आयोगमा एमाले र माओवादी केन्द्र नामका दुई पार्टी अर्कैको नाममा दर्ता भइसकेका छन् । तर, सर्वोच्चको सो फैसलासँगै अर्कै व्यक्तिको नाममा दर्ता भएको भनिएको एमाले र माओवादी केन्द्र उनीहरूले नपाउने भएका छन् ।

दुई पार्टी एमाले र माओवादी केन्द्र खारेज गरेको घोषणा गर्दै पार्टी एकीकरण गर्दै नेकपा दल गठन गरेका थिए । खाली रहेको सो पार्टीको नाममा निर्वाचन आयोगमा सन्ध्या तिवारीले आफ्नो नाममा नेकपा (एमाले) दर्ता गरेकी थिइन् भने माओवादी केन्द्रको नाममा गोपाल किराँतीले दल दर्ता गरेका थिए । अहिले सो पार्टी अस्तित्वमा रहेका छन् ।

निर्वाचन आयोगमा दर्ता भएका राजनीतिक दलको सूचीमा १२५ औं स्थानमा माओवादी केन्द्र र १३२ औं स्थानमा एमाले दर्ता छन् । तर, उनीहरूको नाममा रहेको दर्ता भने स्वतः खारेज भई केपी शर्मा ओलीको अध्यक्षता रहेको एमाले र पुष्पकमल दाहालको अध्यक्षतामा रहेको माओवादी केन्द्रले नै स्वतः मान्यता पाउने निर्वाचन आयोगले जनाएको छ ।

संविधानविद् डा. भीमार्जुन आचार्यले सर्वोच्च अदालतको आइतबारको फैसलाले २ जेठ २०७५ कै अवस्थामा पु¥याएकाले केपी शर्मा ओलीको नाममा दर्ता भएको नेकपा (एमाले) र पुष्पकमल दाहाल प्रचण्डको नाममा दर्ता भएको नेकपा (माओवादी केन्द्र)ले नै निर्वाचन आयोगमार्फत मान्यता पाउने बताए ।आजको राजधानी दैनिकमा समाचार छ ।

प्रतिक्रिया