आदित्यनाथले फेरि दिए नेपालबारे विवादास्पद अभिव्यक्ति, के भने ?

admin

काठमाडौं-: भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपालका बारेमा फेरि विवादास्पद अभिव्यक्ति दिएका छन् । सोमबार अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा लखनउमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाललाई जोडेर विवादास्पद अभिव्यक्ति दिएका हुन् ।

उनले समाजका सबै वर्गलाई साथ लिएर नहिँडेको अवस्थामा नेपालमा माओवादजस्तै एउटा विकृत रुप देखा पर्ने टिप्पणी गरेका हुन् । उनले भने, ‘समाजमा जहिले पनि आफ्ना माथि भेदभाव गरिन्छ, त्यसको एउटा विकृत रुप देखा पर्छ, जो नेपालमा माओवादका रुपमा देखा परेको थियो ।’

यसअघि सीमा विवादका सन्दर्भमा अभिव्यक्ति दिने क्रममा उनले नेपाल सरकारलाई सीमा निर्धारण गर्नुअघि त्यसको परिणामका बारेमा पनि सोच्न चेतावनी दिएका थिए ।

प्रतिक्रिया