जेठ १३ गतेदेखि २४ गतेसम्म एसईई परीक्षा हुने

admin

काठमाडौं, २५ फागुन : २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षा जेठ १३ गतेदेखि हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले आउँदो जेठ १३ गतेदेखि २४ गतेसम्म परीक्षा गर्ने निर्णय गरेको बोर्ड सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए ।

राष्ट्रिय परीक्षा बोर्डको मंगलबार बसेको बैठकले एसईई परीक्षाको मिति तय गरेको हो । विद्यार्थी भौतिक रूपमा उपस्थित भएर नै परीक्षा हुनेछ । गत वर्ष कोरोना महामारीका कारण एसइई परीक्षा आन्तरिक मूल्यांकनबाट गरिएको थियो ।

बोर्डले कक्षा १२ को परीक्षा पनि जेठमा गर्ने तयारी गरेको छ । कोरोनाका कारण ढिला गरी परीक्षा हुन लागेको हो । यसअघि चैत महिनामा एसईईको परीक्षा हुँदै आएको थियो । परीक्षासँग सम्बन्धी अन्य जानकारी आउन बाँकी छ ।

प्रतिक्रिया