थप ५९ जनामा संक्रमण पुष्टि

admin

काठमाडौं, २५ फागुन : मंगलबार थप ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । २७ सय १५ जनाको पीसीआर परीक्षण गर्दा ५९ जनामा संक्रमण पुष्टि भएको र अहिलेसम्म कोरोना पोजेटिभ हुनेको संख्या दुई लाख ७४ हजार आठ सय ६९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै थप ६० जना निको भएसँगै संक्रमणमुक्त हुनेको संख्या दुई लाख ७० हजार नौ सय ८७ पुगेको छ । नेपालमा अहिले आठ सय ७० जना सक्रिय संक्रमित रहेका छन् । संक्रमणका कारण थप एक जनाको ज्यान गएको छ । अहिलेसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या तीन हजार १२ पुगेको छ ।

प्रतिक्रिया