राष्ट्र बैंकको डेपुटी गभर्नरमा ढुङ्गाना र मिश्रले मारे बाजी

admin

काठमाडौं : नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा बोमबहादुर मिश्र र निलम ढुंगाना नियुक्त भएका छन् । राष्ट्र बैंकले सिफारिस गरेको सूचीबाट मन्त्रिपरिषदको मंगलबार साँझ बसेको बैठकले मिश्र र ढुंगानालाई नियुक्त गरेको एक मन्त्रीले बताए । फागुन १८ गते डिपुटी गर्भनरका रुपमा रहेका चिन्तामणी सिवाकोटी र शिवराज श्रेष्ठको कार्यकाल सकिएपछी उक्त पद खाली रहेको थियो ।

आज बसेको मन्त्रीपरिषद बैठको निर्णयले नेपाल राष्ट्र बैंकका गर्भनर सिफारिस गरेका संभावित ४ नाम मध्ये सार्वजनिक ऋण ब्यवस्थापन विभागकी कार्यकारी निर्देशक निलम ढुंगाना (तिम्लसिना) र विदेशी विनियम व्यवस्थापन विभागका कार्यकारी निर्देशक बमवहादुर मिश्र नियुक्त भएका हुन् ।

दुई डिपुटी गर्भनर सहित अनुसन्धान विभागका कार्यकारी निर्देशक तथा प्रवक्ता डा. गुणाकर भट्ट र अर्थमन्त्रीका आर्थिक सल्लाकार तथा लघुबित्त बित्तीय संस्था सुपरिवेक्षण बिभागका कार्यकारी निर्देशक डा. प्रकासकुमार श्रेष्ठ सहित ४ कार्यकारी निर्देशकको नाम डिपुटी गर्भनरका लागि सिफारिस भएको थियो ।

नेपाल राष्ट्र बैंक ऐनअनुसार गर्भनरले नेपाल राष्ट्र बैंकको १७ विभागका बिभागिय प्रमुखहरु मध्येबाट ४ कार्यकारी निर्देशकको नामा अर्थमन्त्री समक्ष सिफारिस गर्नुपर्ने व्यवस्था छ । गर्भनरले पठाएको नामका आधारमा अर्थमन्त्रीले उक्त नामलाई मन्त्रिपरिषद बैठक समक्ष पेस गरेपछी मन्त्रिपरिषदले २ जना डिपुटी गभर्नर नियुक्त गर्ने कानुनी व्यवस्था रहेको छ।

प्रतिक्रिया