अमेरिकाद्वारा विभिन्न १३ देशमा लगाएको प्रतिबन्ध फुकुवा

admin

काठमाडौं, २६ फागुन : अमेरिकाले विभिन्न देशमा लगाएको प्रतिबन्ध फुकुवा गरेको छ । अमेरिकी विदेश विभागको यो निर्णयसँगै अब विभिन्न १३ देशका नागरिकहरु भिसाका लागि फेरि आवेदन दिन पाउने भएका छन् । यसअघि डोनाल्ड ट्रम्प प्रशासनले केही अफ्रिकी देश र धेरैजसो मुस्लिम देशलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउने घोषणा गरेको थियो ।

ईरान, लिबिया, सोमालिया, सुडान, सिरिया, यमन लगायत १३ देशबाट अमेरिका आउने यात्रीलाई प्रतिबन्ध लगाउने ट्रम्प प्रशासनले घोषणाा गरेको थियो । पूर्व राष्ट्रपति ट्रम्पको निर्णयलाई उल्ट्याएर जो बाइडेनको प्रशासनले प्रतिबन्ध फुकुवाको घोषणा गरेको हो ।

सन् २०२० को जनवरी २० भन्दा अघि भिसा दिन अस्वीकार गरेकाहरूलाई फेरि आवेदन दिएर आवेदन शुल्क बुझाउन आग्रह गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । यात्रा प्रतिबन्धका कारण ४० हजारभन्दा धेरै मानिसले अमेरिका प्रवेश गर्न पाएका थिएनन् ।

प्रतिक्रिया