दक्षिण कोरियाले सबै विदेशी नागरिकको निःशुल्क कोरोना परीक्षण गरिदिने

admin

काठमाडौं, २६ फागुन : दक्षिण कोरियाले सबै विदेशी नागरिकको कानुनी अवस्था नहेरी निःशुल्क कोरोना परीक्षण गरिदिने भएको छ । कोरियाको ‘मिनिस्ट्री अफ जस्टिस’ले वैध र अवैध श्रमिकलाई नछुट्ट्याइ सबैको निःशुल्क कोरोना परीक्षण गर्ने त्यहाँ रहेको नेपाली दूतावासले जनाएको छ ।

दक्षिण कोरियामा पछिल्लो समय कोरोना संक्रमण घट्दो क्रममा रहे पनि कोरियामा बसोबास गर्ने विदेशी नागरिकमा भने लगातार रूपमा संक्रमण देखिएको भन्दै मन्त्रालयले दूतावासलाई पत्र लेख्दै कोरियामा रहेका सबै नेपालीलाई कोरोना परीक्षणमा सहभागी हुन अनुरोध गरेको छ ।

कोरोना परीक्षण गर्न जाँदा श्रमिकको कानुनी अवस्थाबारे सोधिने छैन । दूतावासले कोरियामा कार्यरत सबै श्रमिकलाई कोरोना परीक्षणमा सहभागी हुन अनुरोध गरेको छ ।

प्रतिक्रिया