अब केपी ओली नेतृत्वको सरकारलाई टिकाइन्छ : नेता खनाल

admin

काठमाडौं, २६ फागुन : नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले अब आफूहरू यही सरकारलाई बाँकी दुई वर्षको कार्यकाल पूरा गराउनेतर्फ लाग्ने बताएका छन् ।

प्रतिनिधि सभाको बुधबारको बैठकबाट बाहिरिने क्रममा पूर्वप्रधानमन्त्री खनालले सर्वोच्च अदालतको यही फागुन २३ गतेको फैसलाबाट पार्टी पुनर्स्थापित भएकाले अब संसदमा हुन सक्ने विभिन्न खेलतिर नलागी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई टिकाउन प्रयास गरिने स्पष्ट पारे ।

उनले भने,‘हामी यही सरकारलाई दुई वर्ष टिकाउनतिर लाग्छौं । अब संसद्मा हुन सक्ने विभिन्न खेलतिर नलागी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई टिकाउन प्रयास गर्छौं ।’ तर, यसबारेमा वरिष्ठ नेता माधव कुमार नेपालले भने कुनै प्रतिक्रिया दिएका छैनन् ।

उनी अहिले सरकारलाई जोगाउनुपर्ने भनेर कसैले पनि सल्लाह नगरेको भन्दै जवाफ दिनबाट पन्छिएका थिए । एमाले र माओवादी केन्द्रबीचको एकता भइ बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अदालतको फैसलाबाट खारेज भएको थियो । नेकपा रहेका स्थितिमा भने पार्टीभित्र सरकार परिवर्तनको कुरा उठेको थियो ।

प्रतिक्रिया