आज नेप्से तीन अङ्कले घट्यो

admin

काठमाडौं, २६ फागुन : शेयर बजार परिसूचक नेप्से बुधबार तीन अङ्कले घटेको छ । नेप्से तीन दशमलव चार अङ्कले घटेर २४ सय ५८ दशमलव ४८ विन्दुमा पुगेको छ । बुधबार बैंक, विकास बैंक, निर्जीवन बीमा, जीवन बीमा, माइक्रो फाइनान्स र म्युचल फण्ड समूहको शेयर ओरालो लागेको छ ।

व्यापार, होटल तथा पर्यटन, जलविद्युत्, फाइनान्स, उत्पादन, अन्य र लगानी समूहको शेयर भने बढेको छ । बुधबार दुई सय पाँच कम्पनीका ७८ लाख १६ हजार कित्ता शेयर चार अर्ब १० करोड रुपैयाँमा कारोबार भए । सबैभन्दा धेरै नेपाल टेलिकमको ५५ करोड ७० लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

बुधबार रैराङ हाइड्रो, मिथिला लघुवित्त र शिखर इन्स्योरेन्सको शेयर सबैभन्दा धेरै चार प्रतिशतका दरले घटेको छ । समग्र बजार घटे पनि चन्द्रागिरि हिल्स, घलेम्दी हाइड्रो र नेपाल हाइड्रो कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ ।

प्रतिक्रिया