थप १०४ जनामा संक्रमण पुष्टि, अब नौ सय ११ सक्रिय संक्रमित

admin

काठमाडौं, २६ फागुन : बुधबार एक सय चार जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ३४ सय ८८ जनाको पीसीआर परीक्षण गर्दा एक सय चार जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोराना पोजेटिभ हुनेको कुल संख्या दुई लाख ७४ हजार नौ सय ७३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै थप ६३ जना निको भएसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या दुई लाख ७१ हजार ५० पुगेको छ । अहिले नौ सय ११ जना सक्रिय संक्रमित रहेका छन् । बितेको २४ घण्टामा कोरोनाका कारण कसैको पनि ज्यान गएको छैन । नेपालमा कोरोना संक्रमणका कारण तीन हजार १२ जनाले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया