अब बिचौलियाबिना घर जग्गा खरिद तथा बिक्री गर्न सकिने

admin

काठमाडौं, फागुन २६ : घर जग्गा खरिद वा बिक्रि गर्दै हुनुहुन्छ भने अब तपाईले बिचौलियालाई हार गुहार गर्नु नपर्ने भएको छ । भुमि व्यवस्था तथा सहकारी तथा गरिबी निवारण मन्त्रालयले जग्गा खरिद बिक्रिमा सहज गर्ने उद्देश्यले ल्याण्ड मार्केट अवधारणा अघि सारेको छ । घर जग्गा खरिद विक्रिमा विभिन्न ठगी झमेला लगायतका प्रवृत्ति बढ्दै गएको भन्दै मन्त्रालयले सो अवधारण अघि सारेको जनाएको छ ।

घर जग्गाको कारोवारमा व्यापक रुपमा दलालको बिगबिगी छ एउटा ग्राहकले जग्गा प्राप्त गर्न धनीबाट तीन चार तह पार गर्नुपर्छ, यसले गर्दा जग्गा कारोवारमा अत्यधिक मुल्य बृद्धि भएको गुनासो बढेको छ । यसको न्युनिकरणमा ल्याड मार्केटले महत्वपूर्ण भुमिका खेल्ने विश्वास लिइएको छ । ल्याण्ड मार्केट जग्गा किन्ने र बेच्नेबीच प्रत्यक्ष सम्पर्क हुन्छ र शुरु देखि अन्त्य सम्मका काम गरिन्छ ।

कारोबार कसरी हुन्छ त ल्याण्ड मार्केटमा भुमि व्यवस्था तथा सहकारी तथा गरिबी निवारण मन्त्रालयका उपसचिव टोलराज उपाध्याय । अहिले यसमा अनुगमनकारी निकायको भुमिका पनि प्रभावकारी नहुदा जसले जहाँ जति सक्यो त्यति नै ठग्ने प्रवृत्ति मौलाउदो छ । अर्कोतर्फ वास्तविक कारोवार पनि बाहिर आउन सकेको छैन ।

अब ल्याण्ड मार्केट मार्फत कारोवार भए सबै पारदर्शी रुपमा आउने मन्त्रालयको बुझाई छ । अहिले मन्त्रालय निर्देशिका बनाउन व्यस्त छ । कार्यान्वयनमा आउन केही समय लाग्ने भएतापनि जग्गा खरिद बिक्रिमा हुने गरेका दादागिरी भने अन्त्य हुने आशा ल्याण्ड मार्केटले दिलाएको छ । यसले एकातिर जग्गाको वास्तविक मुल्याङ्गकन हुने र जग्गा प्रशासनका भित्रका झमेला अन्त्य हुने विश्वास गरिएको छ ।

प्रतिक्रिया