कोठामा निस्सासिएर एकको मृ’त्यु

admin

बैतडी : बैतडीमा कोठामा निस्सासिएर एकजनाको मृ’त्यु भएको छ । कोठाभित्र हिटर बालेर सुतेका दुईजना मध्ये एक जनाको निस्सासिएर मृ’त्यु भएको हो । एक जनालाई अचेत अवस्थामा उ’द्धार गरिएको छ ।

फाइल फोटो

मृ’त्यु हुनेमा शिवनाथ गाउँपालिका ३ पुडिलका ३५ वर्षीय राजसिंह साउँद रहेका छन् । राजसिंहकी भतिजी २० वर्षीया सरिता साउँदलाई अचेत अवस्थामा उ’द्धर गरिएको छ । राजसिंहले हिजो धनगढीबाट कुखुराका चल्ला ल्याएको र खोर बन्न बाँकी रहेकोले कोठाभित्रै रोखका थिए ।

चल्लालाई चिसो हुन्छ भनेर कोठामा हिटर बालेर सुत्दा उनको निस्सासिएर मृ’त्यु भएको हुनसक्ने अनुमान गरिएको छ । अचेत अवस्थामा भेटिएकी सरितालाई उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको छ ।

प्रतिक्रिया