थप ९७ जनामा संक्रमण पुष्टि

admin

काठमाडौं, २७ फागुन : बिहीबार थप ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४४ सय ८४ जनामा पीसीआर परीक्षण गर्दा ९७ जनामा संक्रमण देखिएको र अहिलेसम्म कोरोना पोजेटिभ हुनेको संख्या दुई लाख ७५ हजार ७० पुगेको छ ।

यस्तै थप ६६ जना निको भएसँगै अहिलेसम्म संक्रमणमुक्त हुनेको संख्या दुई लाख ७१ हजार एक सय १६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । अहिले नौ सय ४२ जना सक्रिय संक्रमित रहेका छन् ।

बितेको २४ घन्टामा कोरोना संक्रमणको कारण कसैको पनि ज्यान गएको छैन । नेपालमा संक्रमणका कारण तीन हजार १२ जनाको ज्यान गइसकेको छ ।

प्रतिक्रिया