पौडी खेल्ने क्रममा डुबेर एक जनाको ज्यान गयो

admin

दैलेख : दैलेखकाे सदरमुकाम नारायण नगरपालिका-११ विन्ध्यवासिनीको लोहोरे खोलामा बिहीवार दिउँसो पौडी खेल्ने क्रममा डुबेर एक जनाकाे ज्या’न गएको छ ।डुबेर ज्यान गुमाउनेमा अछाम चौरपाटी गाउँपालिका लुङग्राका २१ वर्षीय वीरेन्द्र भुल रहेका छन् ।

जिल्ला प्र’हरी कार्यालय दैलेखका इञ्चार्ज डीएसपी अनुपम श्रेष्ठकाअनुसार भुल मध्यपहाडी लोगमार्गमा मजदूरी गर्दै आएका थिए ।

भुललाई खोलामा डुबे लगत्तै उद्धार गरी दैलेख जिल्ला अस्पतालमा पुर्याइएको थियाे । उनकाे उपचारको क्रममा ज्यान गएको प्र’हरीले जनाएकाे छ ।

प्रतिक्रिया