‘एस्ट्राजेनेकाको खोपले रगतमा कुनै असर गर्दैन’

admin

काठमाडौं, २८ फागुन : अक्सफोर्ड एस्ट्राजेनेकाको कोरोनाविरुद्धको खोप लगाउँदा रगतमा कुनै समस्या देखा नपर्ने युरोपियन युनियनको नियामक निकायले दाबी गरेको छ । यो कोरोना खोप लगाएका व्यक्तिहरुमा रगतमा धब्बाहरु देखा परेको कुरा सत्य नभएको युरोपियन सङ्घको नियामक निकायका अधिकारीहरुले बताएका छन् ।

यसअघि खोप लगाइसकेका मानिसको शरीरमा रहेका रगतको सानो समूहहरुमा केही असरहरु देखा परेको भनिएको थियो । डेनमार्ग र नर्वेलगायत देशहरुमा यो खोप लगाउन रोकिएसँगै खोपबारे प्रश्न उठेको थियो ।

इटलीमा कोरोना खोप लगाएपछि ५० वर्षका एक जना व्यक्तिको ज्यान गएसँगै यो खोपको प्रभावकारिताबारे प्रश्न उठेको हो । तर, पछि त्यो व्यक्तिको अरु नै रोगका कारण ज्यान गएको पुष्टि भएको स्वास्थ्य अधिकारीहरुको दाबी छ ।

एस्ट्राजेनेका खोपका कारण अहिलेसम्म स्वास्थ्यमा असर गर्ने कुनै कारणहरु नभएकाले ढुक्क भएर लगाउन युरोपियन मेडिसिन एजेन्सी (ईएमए) ले सुझाव दिएको छ ।

प्रतिक्रिया