थप ४८ जनामा संक्रमण पुष्टि, नौ सय २९ सक्रिय संक्रमित

admin

काठमाडौं, २८ फागुन : शुक्रबार थप ४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । दुई हजार पाँच सय १२ जनाको पीसीआर परीक्षण गर्दा ४८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या दुई लाख ७५ हजार एक सय १८ पुगेको छ । यस्तै बितेको २४ घण्टामा ६१ जना कोरोनामुक्त भएसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या दुई लाख ७१ हजार एक सय ७७ जना पुगेको छ ।

नेपालमा अहिले नौ सय २९ जना सक्रिय संक्रमित छन् । बितेको २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि ज्यान गएन । नेपालमा अहिलेसम्म तीन हजार १२ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।

प्रतिक्रिया