काठमाडौं, फागुन २९ : प्र’हरीले स्रोत नखुलेको साढे १९ लाखसहित एक जनालाई प;क्राउ गरेको छ। शनिबार पर्साको वीरगञ्ज महानगरपालिका १६ शंकराचार्य गेट इलाकाबाट एपिएफ टोलीले स्रोत नखुलेको १९ लाख ५१ हजार १ सय २० रुपैयाँसहित एक जनालाई पक्राउ गरेको हो।
प’क्राउ पर्नेमा भारतको पूर्वी चम्पारण जिल्ला रक्सौल नगरपालिका २१ घर भएका ३६ वर्षीय राजेशकुमार साह छन्। उनलाई सशस्त्र प्र’हरी बल, नेपाल बोर्डर आउट पोष्ट वीरगञ्जबाट खटिएको एपिएफ टोलीले प’क्राउ गरेको हो।
भारतबाट नेपालतर्फ आउँदै गरेका साहलाई एपिएफ टोलीले शंका लागि जाँच गर्दा उनले शरीरमा बाँधेर लुकाई छिपाई ल्याउँदै गरेको उक्त रकम फेला परेपछि उनलाई प’क्राउ गरिएको हो।