आजको मौसम पूर्वानुमानः बदली र वर्षा कहाँ कहाँ?

admin

काठमाडौं, चैत १: देशको पहाडी भूभागहरुमा आइतबारको मौसममा आंशिकदेखि सामान्य बदली रहे पनि बाँकी भूभागहरुको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बागमती प्रदेश र प्रदेश नम्बर १ का पहाडी भूभागका एक दुई स्थानमा मेघ गर्जन र चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

आइतबार राति पनि देशको पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागहरुको मौसम सामान्यतया सफा रहने छ। गण्डकी प्रदेश र प्रदेश नम्बर १ का पहाडी भूभागका केही स्थानमा मेघ गर्जन र चट्टयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

अहिले बिहान देशको पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागहरुको मौसम सामान्यतया सफा रहेको छ।हाल नेपालमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत प्रभाव रहेको छ।

साँझपख प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन, चट्टयाङ् र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

प्रतिक्रिया