माधव पक्षका युवाको राष्ट्रिय भेला चैत्र ७ गते

admin

काठमाडौ : नेकपा (एमाले) काठमाडौ उपत्यकाका माधव नेपाल पक्षधर युवा संघका केन्द्रिय सदस्यहरुको भेला शनिबार थापाथली स्थित एभरेस्ट कलेजमा सम्पन्न भएको छ ।

भेलाले आगामी चैत्र ७ गते बृहत राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको संघका महासचिव नरेश शाहीले जानकारी दिए ।

भेलामा देशभरका युवा नेताहरू सहभागी हुने र उक्त भेलालाई माधवकुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतम लगाएतका वरिष्ठ नेताहरुले संबोधन गर्ने भएका छन् ।

प्रधानमन्त्री केपी ओलीले नेकपा (एमाले)को केन्द्रिय कमिटी बैठक आव्हान गरेकै दिन हुने भनिएको भेलालाई निकै अर्थपूर्ण रुपले हेरिएको छ ।

प्रतिक्रिया