लण्डनका एक प्रहरीमाथि अ’पहरण र ह’त्या अभियोगमा मुद्दा दर्ता

admin

एजेन्सी, १ चैत : बेलायतको लण्डन महानगर प्रहरीका एक अधिकारीमाथि अ’पहरण तथा ह’त्या अभियोगमा मुद्दा दर्ता भएको छ । ३३ वर्षकी सारा एभरेडको अ’पहरण र ह’त्या गरेको आरोपमा ४८ वर्षका वायन कुजेन्समाथि मुद्दा दर्ता भएको हो ।

गएको मार्च ३ तारिखदेखि सम्पर्कविहीन भएकी एभरेड मृ’त अवस्थामा भेटिएकी थिइन् । एभरेडको ह’त्या आरोपमा प्रहरी जवान कुजेन्सलाई गएको मंगलबार पक्राउ गरिएको हो । अभियुक्त मेट्रो पुलिस अधिकारी कुजेन्स शनिबार वेस्टमिनिस्टर मागिस्ट्राटेस अदालतमा उपस्थित भए । उनी अहिले जेलमा छन् ।

उनीमाथि शुक्रबार अभियोग दर्ता भएको हो । महिलाहरुले सुरक्षा दिने निकायबाट नै असुरक्षा बढेको भन्दै प्रदर्शन गरिरहेका छन् । ह’त्याको विरोधमा लण्डनसहित बेलायतका विभिन्न क्षेत्रमा विरोध प्रदर्शन भइरहेको बीबीसीले जनाएको छ ।

दक्षिण लण्डनमा भएको प्रदर्शनमा प्रहरीले ज्यादती गरेको छ । सो ज्यादतीको राजनीतिक तहबाटै निन्दा भएको छ । प्रहरीले प्रदर्शनमा सहभागी महिलाहरुलाई हतकडी लगाएको तथा उनीहरुलाई तिरवितर पारेको देखिएको छ ।

सुरक्षित ठानिनु पर्ने निकायबाटै आफूहरु असुरक्षित भएको भन्दै महिलाहरुको अगुवाइमा प्रदर्शन हुँदै आएको छ । साराको अ’पहरण तथा ह’त्यापछि बेलायतका महिलाहरुले आफूहरु सडकमा एक्लै हिँड्दा भोग्ने गरेका हिं’सा तथा दु’र्व्यवहारका घटना साझा गरिरहेका छन् । 

प्रतिक्रिया