गृहमन्त्री थापा, ऊर्जामन्त्री रायमाझीसहित २३ जनालाई अझै कारबाही गर्ने (भिडियोसहित)

admin

काठमाडौं, १ चैत : सरकारबाट फिर्ता बोलाउँदा नफर्किएका मन्त्रीलाई कारबाही गर्ने भने पनि माओवादी केन्द्रको आइतबार बसेको केन्द्रीय कमिटी बैठकले यसबारेमा केही निर्णय गरेको छैन । एमालेमा प्रवेश गरेका गृह मन्त्री रामबहादुर थापा, ऊर्जा मन्त्री टोपबहादुर रायमाझीसहित २३ जनालाई अझै कारबाही प्रक्रिया अघि नबढाएको केन्द्रले जनाएको छ ।

पेरिसडाँडामा बसेको केन्द्रीय कमिटी बैठकमा कारबाहीबारे छलफल भएको तर कुनै निर्णय नगरेको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । स्पष्टीकरण सोधेको पत्र बुझेको २४ घण्टाभित्र जवाफ नदिए कारबाही हुने भएकाले पर्खिने उनले बताए ।

शनिबार बसेको स्थायी कमिटी बैठकले माओवादी केन्द्रबाट सरकारमा सहभागी मन्त्रीलाई सरकारबाट फिर्ता हुन र २४ घण्टाभित्र स्पष्टीकरण दिन निर्देशन दिएको थियो । माओवादी केन्द्रले फिर्ता बोलाएका मन्त्री र केही सांसदलाई नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको केन्द्रीय सदस्य बनाए ।

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन । माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सोमवार ११ बजेपछि फेरि बस्ने गरी सकिएको छ ।

प्रतिक्रिया