थप ५३ जनामा संक्रमण पुष्टि, सक्रिय संक्रमितमध्ये ३४ जना आईसीयूमा

admin

काठमाडौं, १ चैत : आइतबार थप ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । २६ सय १५ जनाको पीसीआर परीक्षण गर्दा ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । संक्रमण पुष्टि भएका ५३ जनामध्ये २२ जना काठमाडौं उपत्यकाका रहेका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या दुई लाख ७५ हजार दुई सय ३१ जना पुगेको छ । यस्तै बितेको २४ घण्टामा ७७ जना कोरोना संक्रमित निको भएसँगै संक्रमणमुक्त हुनेको संख्या दुई लाख ७१ हजार तीन सय २६ पुगेको छ । अहिले नेपालमा आठ सय ९१ जना सक्रिय संक्रमित छन् ।

सक्रिय संक्रमितमध्ये ३४ जनाको आईसीयूमा उपचार भइरहेको छ । बितेको २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि ज्यान गएको छैन । नेपालमा अहिलेसम्म कोरोना संक्रमणबाट तीन हजार १४ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया