लाइफ गार्ड अस्पताल तनावग्रस्त

राष्ट्रिय समाचार समिति

विराटनगर : विराटनगरको बरगाछीस्थित लाइफ गार्ड हस्पिटल प्रालि आइतबार दिनभर तनावग्रस्त बनेको छ। उपचारार्थ भर्ना भएका सात वर्षीय बालकको बिहान मृ’त्यु भएपछि हस्पिटल दिनभर तनावग्रस्त बनेको हो।

सुनसरीको बर्जु गाउँपालिका–१ शुक्रबारेका सात वर्षीय करन मण्डलको मृ’त्यु भएपछि मृतकका आफन्तले चिकित्सकको लापरवाहीले बिरामीको मृ’त्यु भएको भन्दै दिनभर प्रदर्शन गरेका थिए। गत फागुन २६ गते राति ९ बजे करनले बान्ता गर्न थालेपछि लाइफ गार्ड अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो।

अस्पताल ल्याउँदा करनको मुखमा डिजलको गन्ध आएकाले डिजेल खाएको भन्दै अस्पतालको आकस्मिक वार्डमा भर्ना गराएको केही घण्टामा नै चिकित्सकको सल्लाहमा भेन्टिलेटरमा राखिएको छिमेकी अर्जुन भण्डारीले बताए।

बच्चाका बारेमा चिकित्सकलाई सोध्दा सुधार हँुदै गएको बताइरहेका बेला आज बिहान साढे ९ बजे बालकको मृ’त्यु भएको अस्पतालले जनाएको बुबा हरमुनि मण्डलले बताए। ‘बिहानसम्म बच्चा ठीक थियो, बोलेको पनि थियो’ बुबा मण्डलले भने‘आधा घण्टापछि बालकको मृ’त्यु भएको खबर आउँदा अचम्म लाग्यो।’ भर्ना भएको छोरालाई अस्पतालले घर लैजान भनेपछि किन नलगेको भनी उल्टै हप्काएको हरमुनिले बताए।

चिकित्सकको लापरवाहीका कारण बालकको मृ’त्यु भएको कारण देखाई पीडितका आफन्तले अस्पतालको मुख्यद्वारमा ताल्चा लगाएर नारा जुलुस गरेका थिए। अस्पताल प्रशासनले चिकित्सकको कुनै लापरवाही नभएको र माग गरिएको क्षतिपूर्ति पनि दिने भनेको छ।

अस्पतालका प्रशासन प्रमुख निरज श्रेष्ठले शनिबार डिस्चार्ज गरिएको बालकको पुनः भर्ना गरिएको बताए। अस्पतालले मृ’तक बालकले डिजेल वा मट्टितेल खाएको हुन सक्ने अनुमान लगाएको छ।

प्रतिक्रिया