आज नेप्से १८ अङ्कभन्दा धेरैले घट्यो

admin

काठमाडौं, २ चैत : शेयर बजार परिसूचक नेप्से सोमबार १८ अङ्कभन्दा धेरैले घटेको छ । व्यापार, होटल, म्युचल फण्ड र उत्पादनबाहेक अन्य सबै समूहको शेयर ओरालो लागेपछि नेप्से १८ दशमलव सात अङ्कले घटेर २३ सय ८९ दशमलव १९ विन्दुमा झरेको छ ।

सोमबार बैंकिङ समूहको शेयर १७ अङ्कले, विकास बैंकको शेयर ११ अङ्कले, फाइनान्सको सात अङ्कले, अन्यको ३८, माइक्रो फाइनान्सको २५, जीवन बीमा समूहको एक सय २१ र निर्जीवन बीमा समूहको शेयर एक सय ९२ अङ्कले घटेको छ ।

सोमबार दुई सय १२ कम्पनीका ९६ लाख चार हजार कित्ता शेयर चार अर्ब २४ करोड ८४ लाख रुपैयाँमा किनबेच भएका छन् । सबैभन्दा धेरै निफ्राको ४३ करोड ६२ लाख रुपैयाँको शेयर कारोबार भयो ।

सोमबार हिमालयन पावर पार्टनर कम्पनीको शेयर ६ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्र बजार घटे पनि चन्द्रागिरि हिल्स, घलेम्दी, पञ्चकन्यामाई र आँखुखोला जलविद्युत् कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ ।

प्रतिक्रिया