यात्रु तानातान गर्ने बिचौलिया प’क्राउ

राष्ट्रिय समाचार समिति

काठमाडौं, चैत ३ : जिल्ला प्र’हरी कार्यालय चितवनले यात्रु तानातान गर्ने छ जना बिचौलियालाई प’क्राउ गरेको छ। पक्राउ पर्नेमा लमजुङ बेँसीशहर–८ का २२ वर्षीय अमृत परियार, चितवन भरतपुर महानगरपालिका–१० का ४० वर्षीय वसन्त रानामगर, भरतपुर–१२ का ४२ वर्षीय सुजन थापामगर, भरतपुर–११ का ३२ वर्षीय दिलीप अधिकारी, भरतपुर–४ का २५ वर्षीय रोशन खत्री र कास्की पोखरा महानगरपालिका–२६ का २५ वर्षीय निशान तामाङ रहेका छन्।

उनीहरुलाई नारायणगढको पुल्चोकबाट प’क्राउ गरिएको प्र’हरीले जनाएको छ। उनीहरुले यात्रु तानातान गर्ने, जथाभावी भाडा माग्ने, यात्रु तथा सवारी साधनलाई हैरानी पार्ने, अनावश्यक सवारी साधन रोक्न लगाई आवागमनमा बाधा पार्ने गरेकाले प’क्राउ गरिएको जिल्ला प्र’हरी कार्यालय चितवनका प्रवक्ता प्रह’री नायब उपरीक्षक सूर्य थापाले जानकारी दिए। उनीहरुले आफ्नो कार्यक्षेत्रमा खटिएका प्रहरीलाई समेत अवरोध पुर्‍याउने गरेको उनको भनाइ छ।

प्रतिक्रिया