आजको मौसम : बागमती र गण्डकीका केही स्थानमा पानी पर्ने

admin

काठमाडौं, चैत ३ : स्थानीय र पश्चिमी वायुको प्रभावले आज देशका केही ठाउँमा हल्का वर्षा हुने भएको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा छिटफुट पानी पर्ने छ।

आज पहाडी भू–भागहरुमा आंशिक बदली रही बाँकी स्थानको मौसम सामान्यतः सफा रहेको महाशाखाका मौसमविद् वरुण पौडेलले जानकारी दिए।

काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम आज बिहान १० डिग्री सेल्सियस मापन भएको छ। दिउँसो तापक्रम बढेर २८ डिग्री सेल्सियसम्म पुग्ने महाशाखाले अनुमान गरेको छ।

प्रतिक्रिया