चियापान कार्यक्रम बहिस्कार, वामदेव समूहको बैठक चल्दै बल्खुमा

admin

काठमाडौं, ३ चैत : नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम समूहको बैठक चलिरहेको छ । बल्खु स्थित एक पार्टी प्यालेसमा मध्यान्ह १२ बजेदेखि गौतम पक्षका नेता कार्यकर्ता सहभागी एकता राष्ट्रिय अभियान कार्य सम्पादन समितिको पूर्ण बैठक सुरु भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केन्द्रीय सदस्यलाई चियापान कार्यक्रम आयोजना गरिरहेका बेला सो कार्यक्रम बहिष्कार गर्दै गौतम समुहले पनि छुट्टै भेला आयोजना गरेको हो । माओवादी केन्द्र र एमालेबीच पार्टी एकता गर्नका लागि भूमिका खेल्ने बताउँदै आएका गौतमले पछिल्लो समय भने नेकपाभित्रको विभाजन रोक्न एकताको पहल थाल्ने बताएका थिए ।

यस्तै माधव कुमार नेपाल समुहले पनि भोलिका लागि बोलाएको कार्यकर्ता भेलाको जानकारी दिन मंगलबार नै पत्रकार सम्मेलनको आयोजना गर्दैछ । गत चैत २८ गते अध्यक्ष ओलीले पार्टीमा अध्यक्ष र महासचिवबाहेक सबै पदाधिकारीको जिम्मेवारी खोसेपछि नेपाल र गौतम समूह असन्तुष्ट भन्दै छुट्टै भेला र बैठकमा ब्यस्त रहेका छन् । नेकपा विभाजनपछि नेकपा एकता राष्ट्रिय अभियान बनाएका गौतमले त्यसयता गुटगत भेला गर्दै आएका छन् ।

प्रतिक्रिया