अमेरिकाकी राष्ट्रपतिलाई किम यो जङको चेतावनी : ‘यदि चैनसँग सुत्न चाहन्छौ भने…दुर्गन्ध नफैलाऊ’

admin

एजेन्सी, ३ चैत : अमेरिकाकी राष्ट्रपति जो बाइडेनलाई उत्तर कोरियाको तर्फबाट चेतावनी आएको छ । उत्तर कोरियाका नेता किम जोङ उनकी प्रभावशाली बहिनी किम यो-जङले कोरियाली नीति सार्वजनिक गर्ने तयारी गरिरहेको अमेरिकालाई ‘दुर्गन्ध नफैलाउन’ चेतावनी दिएकी हुन् । अहिले अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरियाली नीति सार्वजनिक तयारी गरेकी छिन् ।

एक सरकारी सञ्चारमाध्यममा अन्तर्वार्ता दिँदै उनले दक्षिण कोरियाको सहर सोलमा अमेरिकी अधिकारी पुग्नुभन्दा एक दिन पहिला यस्तो प्रतिक्रिया दिएकी हुन् । साथै यो-जङले दक्षिण कोरिया र अमेरिकाबीचको संयुक्त सैन्य अभ्यासको पनि आलोचना गरेकी छिन् ।

उनले भनेकी छिन्, ‘अमेरिकी नयाँ प्रशासनले समुद्रपारिको हाम्रो भूमिमा बारुदको गन्ध फैलाउने सङ्घर्ष गरिरहेको छ । चार वर्षसम्म चैनको निद्रा लिन मन छ भने दुर्गन्ध फैलाउनबाट टाढै बस्दा राम्रो हुन्छ ।’ अमेरिकी सरकारले भने उत्तर कोरियासँग राजनीतिक सम्पर्क बनाउने कोसिस गरे पनि विफल भएको बताएको छ ।

उत्तर कोरियाले अझै पनि आधिकारिक रूपमा बाइडेनलाई अमेरिकी राष्ट्रपति स्वीकार गरेको छैन । उत्तर कोरियाको परमाणु र ब्यालेस्टिक मिसाइल कार्यक्रमका कारण दुई देशबीच तनाव बढिरहेको हो । रोचक कुरा के छ भने बाइडेन प्रशासनका अधिकारी टोक्यो र सियोल पुगेका छन् । किम यो आफ्ना दाइकी प्रमुख सल्लाहकार पनि हुन् ।

उत्तर कोरियाले बाइडेनको प्रशासनमाथि पहिलो पटक निशाना साँध्दै अमेरिका र दक्षिण कोरियाको सैन्य अभ्यासको निन्दा गरेको छ । किम योले अमेरिकालाई चेतावनी दिँदै भनिन्, ‘चार वर्षसम्म आरामले सुत्नुछ भने आफ्नो देशको भूमिमा बारुदको गन्ध फैलाउन बन्द गर ।’ अमेरिकाका विदेशमन्त्री एन्टनी ब्लिंकन र रक्षामन्त्री लोयड अस्टिन उत्तर कोरिया र अन्य क्षेत्रीय मुद्दामा जापान र दक्षिण कोरियासँग कुरा गर्नका लागि एशिया गएका छन् ।

किम यो जोंगले मंगलबार यो बयान जारी गरेको हो । किमकी बहिनीको भनाई उद्धृत गर्दै प्योङ्याङको आधिकारिक समाचार पत्र रोदोंग सिनमनले भनेको छ, ‘हामी दक्षिण कोरियाको व्यवहार र उनीहरुको व्यवहारमाथि निगरानी गर्नेछौं । यदि उसको व्यवहार थप उक्साउने खालको भए हामी असाधारण कदम उठाउनेछौं । म यो मौकामा प्रयोग अमेरिकाको नयाँ प्रशासनलाई सल्लाह दिनका लागि पनि गर्न चाहन्छु, जो हामीलाई उक्साउनका लागि निकै आतुर छ ।’

दक्षिण कोरिया र अमेरिकाबीच वार्षिक सैन्य अभियान अघिल्लो वर्ष सुरु भएको थियो जुन बिहिबारसम्म चल्नेछ । यसअघि पनि थुप्रै पटक उत्तर कोरियाले यो सैन्य अभ्यासलाई आक्रमणको तयारी बताइसकेको छ र यसको जवाफ मिसाइल परीक्षण गरेर दिइसकेको छ ।

प्रतिक्रिया