आज सामान्य सुधार नेप्से २.५६ अङ्कले बढ्यो

admin

काठमाडौं, ३ चैत : केही हप्तायता लगातार ओरालो लागिरहेको शेयर बजार मंगलबार भने सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से दुई दशमलव ५६ अङ्कले बढेर २३ सय ९१ दशमलव ७४ विन्दुमा पुगेको छ ।

मंगलबार बैंकिङ समूहको शेयर साढे तीन अङ्कले, होटल तथा पर्यटन समूहको ८६ अङ्कले, उत्पादनको २३, माइक्रो फाइनान्सको २७, जीवन बीमा समूहको दुई सय ३० र लगानी समूहको शेयर शून्य दशमलव दुई अङ्कले बढेको छ ।

व्यापार, विकास बैंक, जलविद्युत्, निर्जीवन बीमा र अन्य समूहको शेयर भने घटेको छ । मंगलबार दुई सय १६ कम्पनीका ९० लाख १२ हजार कित्ता शेयर तीन अर्ब ३७ करोड ५६ लाख रुपैयाँमा कारोबार भएका छन् ।

नेपाल लाइफ इन्स्योरेन्सको १९ करोड र माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको १८ करोड ८८ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । मंगलबार चन्द्रागिरि हिल्ससहित पाँच कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ । राष्ट्रिय बीमा कम्पनीको शेयर भने सबैभन्दा धेरै झण्डै नौ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया