एकै व्यक्तिका तीन वटा नागरिकता, काठमाण्डाैबाट प’क्राउ

admin

काठमाण्डाै : झुट्टा विवरण पेस गरेर आफ्नै तीन वटा नागरिकता बनाउने एक व्यक्तिलाई प्र’हरीले काठमाण्डौको सुकेधाराबाट प’क्राउ गरेको छ ।

बाग्लुङको गल्कोट नगरपालिका वडा नम्बर २ घर भएका कमल सुनारले बाग्लुङबाट कमल सुनार र कमल थापाको नाममा तथा जिल्ला प्रशासन कार्यालय काठमाण्डौबाट कमल सुनुवारको नाममा नागरिकता लिएको पाइएकाले प’क्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युराे (सीआईबी) ले जनाएको छ ।

कमल सुनारले फरक नामबाट लिएका तीन वटा नागरिकता दुरुपयोग गरेर विभिन्न निकायबाट सेवा सुविधा लिएको पनि सीआईबीले जनाएको छ ।

प्रतिक्रिया