श्रीमतीको हत्या गर्ने श्रीमान प’क्राउ, ह’त्यापछि लुटेरको नगद र गहना बरामद

admin

काठमाडौं, चैत ४ : काठमाडौंको बल्खुमा श्रीमतीको ह’त्या गरेको आरोपमा प’क्राउ परेका सन्तोष सापकोटालाई प्र’हरीले बुधबार सार्वजनिक गरेको छ ।प्र’हरीले सापकोटाको साथबाट ह’त्यापछि लु’टेर लगेको नगद र गहना पनि बरामद गरेको छ ।

महानगरीय प्र’हरी परिसर काठमाडौंका प्रमुख प्र’हरी वरिष्ठ उपरीक्षक अशोक सिहले ३२ वर्षिया सन्तोषी श्रेष्ठ सापकोटाको ह’त्यापछि फरार भएका सन्तोषलाई हिजो बल्खुबाट प’क्राउ गरिएको बताउनुभयो । सोमबार साँझ बल्खुको सुकुम्बासी बस्तीस्थित घरमा सन्तोषीको शव बोरामा राखिएको अबस्थामा फेला परेको थियो ।

बोराबाट रगत बगेको देखेपछि स्थानीयले प्र’हरीलाई खबर गरेका थिए । प्र’हरी घ’टनास्थल पुग्दा सन्तोष फरार थिए । पारिवारिक विवाद बढ्दै गएपछि सन्तोषीको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्र’हरी प्रमुख सिहले बताउनुभयो । सन्तोष लागू औषध दूव्र्यसनी भएकाले सम्बन्ध बिग्रिएपछि सन्तोषी माइती जोरपाटीमा बस्न समेत थालेकी थिइन ।

‘प्रहरीले घ’टनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ । यस्तै आजै पत्रकार सम्मेलनमा टोखास्थित आशिष् लिम्बू ह’त्याकाण्डका अभियुक्तहरुलाई पनि प्र’हरीले सार्वजनिक गरेको छ ।

सार्वजनिक गरिएकाहरुमा रौतहट गौर नगरपालिका–७ का २१ वर्षिय शेष अब्दुल आलम, भारत मधुवनीका १९ वर्षिय भुपेन्द्र कुमार साह , रौतहट गुजरा नगरपालिका–९ का १९वर्षिय मोहम्मद कासिम मन्सुरी रहेका छन ।

प्र’हरीले २ जनालाइ काठमाडौको नया बसपार्कबाट र एक जनालाइ रौतहटबाट प’क्राउ गरिएको जनाएको छ । लिम्बुलाइ यहि फागुन २८ गते बेलुका ९ बजे टोखा सुदर्शन हाइट स्थित बाइक वर्कसप मा कु’टपिट गरि पानीको पाइपले घाँ’टी थिची ह’त्या गरेर उनको श’वलाई मालुङ्गस्थित बाँसघारीमा फ्याकिएको थियो ।

प’क्राउ परेका ३ नै जना ला’गुऔषध दूव्र्यसनी रहेको र लागु’औषध सेवन गर्ने क्रममा विवाद हुदा लिम्बुको ह’त्या भएको प्र’हरीले जनाएको छ ।

प्रतिक्रिया