आज सुनचाँदीकै मूल्य बढ्यो, कारोबार कतिमा ?

admin

काठमाडौं, ५ चैत : सुनचाँदीको मूल्य बिहीबार बढेको छ । सुनको मूल्य बिहीबार तोलामा तीन सय रुपैयाँले बढेर ८७ हजार दुई सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बुधबार सुनको मूल्य तोलामा ८६ हजार ९ सय रुपैयाँ थियो ।

यस्तै तेजावी सुनको मूल्य पनि बढेर ८६ हजार ७५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । यसैगरी, चाँदीको मूल्य बिहीबार पनि तोलामा २० रुपैयाँले बढेको छ । बुधबार तोलाको १२ सय ७० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीबार १२ सय ९० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

प्रतिक्रिया