कुवेतमा राहदानी नवीकरण तथा कागजात प्रमाणीकरण सम्बन्धी सेवा बन्द

admin

काठमाडौं, ५ चैत्र : कुवेतमा रहेको नेपाली दूतावासले राहदानी नवीकरण, कागजात प्रमाणीकरण तथा कागजात जारी सम्बन्धी सेवा बन्द गरेको छ । दूतावासका एक जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि भौतिक उपस्थिति भएर लिनुपर्ने सेवा बन्द गरेको दूतावासले जनाएको छ ।

दूतावासले सूचना जारी गर्दै अर्को सूचना नआएसम्म बिहीबारदेखि यी सेवा बन्द गरिएको जनाएको हो । यस्तै दूतावासले अत्यावश्यक सेवा सम्बन्धी महत्वपूर्ण जानकारी लिनुपरेमा दूतावासको हटलाइन नम्बर ९८८६९१२१, टेलिफोन नम्बर २५३२१६०३, २५३२१६०४ र २५३२१६०५ तथा इमेल [email protected] मार्फत सम्पर्क गर्न अनुरोध गरेको छ ।

प्रतिक्रिया