आज शेयर बजार झण्डै ४३ अङ्कले बढ्यो

admin

काठमाडौं, ५ चैत्र : बिहीबार शेयर बजार परिसूचक नेप्से बढेको छ । व्यापारबाहेक अरू सबै समूहको शेयर बढेपछि नेप्से बिहीबार ४२ दशमलव ९५ अङ्कले बढेर २४ सय ७५ दशमलव शून्य नौ विन्दुमा पुगेको छ ।

बिहीबार बैंकिङ समूहको शेयर २६ अङ्कले, होटल तथा पर्यटनको एक सय १२, विकास बैंकको २४, जलविद्युतको तीन, फाइनान्सको १४, माइक्रो फाइनान्सको एक सय दुई अङ्कले, जीवन बीमाको चार सय १५, निर्जीवन बीमाको एक सय ९१, उत्पादन समूहको शेयर एक सय ६२ र लगानी समूहको शेयर झण्डै दुई अङ्कले बढेको छ ।

बिहीबार दुई सय १३ कम्पनीका एक करोड १६ लाख ५७ हजार कित्ता शेयर चार अर्ब ६६ करोड १७ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नेपाल बङ्गलादेश बैंकको ७७ करोड रुपैयाँको शेयर किनबेच भएको छ ।

बिहीबार युनाइटेड मर्दी र ग्रीन लाइफ हाइड्रो कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ । समग्र बजार बढे पनि जोशी हाइड्रोपावर र आँखुखोला जलविद्युत् कम्पनीको शेयर मूल्य ६ प्रतिशतभन्दा धेरैले घटेको छ ।

प्रतिक्रिया